राजनीति

'मैले विगतको सहमति मात्र स्मरण गराएको हुँ'

विराटनगर - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगतमा पार्टी एकिकरणको बेला भएको सहमतीलाई स्मरण गराएको बताएका छन्। विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै दाहाले पार्टी भित्र विगतको सहमति कार्यान्वयन गरेर अगाडी बढ्ने बताए।

आफूले विगतमा भएको सहमतिको स्मरण गर्दा ठूलो प्रचार भएको भन्दै प्रचण्डले भने ’पार्टी एकताका बेला भएका सहमतिलाई स्मरण गरेको छु । प्रचार गर्नुपर्ने विषय बोलेको छैन् । केहीले प्रचार गर्ने, हल्ला गर्ने विषय बोलेको छैन् । मेरो कुरा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले राम्रोसंग बुझ्नु भएको छ ।’

सरकार परिवर्तन हुने वा नहुने भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले विगतको सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता अनुसार पार्टी अगाडी बढ्ने बताए । उनले भने ’सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता अनुसार हामी अगाडी बढ्छौं । म पार्टीका नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई अनावश्यक बहसको विषय नबनाउन आग्रह गर्छु । अनावश्यक धु्रविकरण गर्न जरुरी छैन । मैले नयाँ कुरा होइन, पहिल्यै आएको कुरा बोलेको छु । पहिलो पटक बोलेको पनि होइन । विगतको सहमति कार्यान्वयन गरिन्छ ।’

 

प्रकाशित: १८ जेष्ठ २०७६ ०४:५१ शनिबार

नेकपा अध्यक्ष पुष्पकमल_दाहाल सहमती