राजनीति

मोदीको शपथमा सहभागी हुन भारत जाँदै प्रधानमन्त्री

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारत जाँदै छन्। भारतीय जनता पार्टी (भाजपा) का नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिने समारोहमा सहभागी हुन ओली भारत जान लागेका हुन्। ओली आज दिउँसो साढे १ बजेको नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली जाने छन्।

मोदीले नेपालसहित छिमेकी देशका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निम्ता दिएका छन्। प्रधानमन्त्री ओलीले भारत रहँदा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ। भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिने सम्भावना रहेको परराष्ट्र स्रोतले जनाएको छ। प्रधानमन्त्री ओली शुक्रबार ३ः४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।

 

प्रकाशित: १६ जेष्ठ २०७६ ०४:२४ बिहीबार

नरेन्द्र_मोदी पी_शर्मा_ओली भारत