राजनीति

प्रधानमन्त्री ओलीलाई राजनीतिमा मानार्थ विद्यावारिधी

काठमाडाैँ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार एक समारोहका बीच दक्षिण कोरियाको काङनाम विश्वविद्यालयका तर्फबाट राजनीतिमा मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको छ। नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजित कार्यक्रममा विश्विद्यालयलका प्रेसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरेका हुन् ।

उपाधी ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रुपमा लिएको बताएका छन् । उनले भने, ‘यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो ।’

प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए । ‘कोरिया सही नीति,सही दृष्टिकोण र दृढ संकलपबाट छोटो समयमा विकासको उच्च विन्दुमा पुग्यो’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल केही समयपछि प-यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै प्रम ओलीले मानार्थ

विद्यावारिधी पाएको जनाएका छन् । यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पनि नेपालका सम्मानीय प्रधानमन्त्री डा। केपी शर्मा ओलीलाई बधाई भन्दै ट्विट गरेका छन् । प्रधानमन्त्री ओलीले यसअघि पनि केही विद्यावारिधीको उपाधि प्राप्त गरेका थिए।

प्रकाशित: १५ जेष्ठ २०७६ ०९:१० बुधबार

केपी_शर्मा_ओली राजनीति मानार्थ_विद्यावारिधी