राजनीति

सामाजिक सञ्जाल असभ्य बन्यो, हेर्नै लाज लाग्छः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारको, लोकतन्त्रको सबैभन्दा अभाव पहिल्यै आफूले भोगेको बताएका छन्। 
मानवअधिकार दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले जहिले पनि मानवअधिकारको हनन सधैं बलियाबाट हुने गरेको बताए। ‘हामी लोकतन्त्रमा कुनै देशभन्दा कम छैनौं’, उनले भने। 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल असभ्य बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे। ‘सामाजिक सन्जाल हेर्दा हेर्नै नसक्ने, पढ्नै नसक्ने, लाज लाग्ने खालका सामग्री हुन्छन्। कुनैको व्यक्तिको हुर्मत लिइएको, चिरहरण गरिएको सामाजिक सन्जालमा देखिएको छ’, उनले भने।

पत्रकार सम्मानित

यसैबीच १९ औं राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा दयाराम परियार स्मृति पुरस्कारबाट पुराना पत्रकार नारायणप्रसाद शर्मालाई सम्मान गरिएको छ। मानवअधिकार पुरस्कारबाट पत्रकार मोहन मैनालीलाई सम्मान गरिएको छ। प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: १३ जेष्ठ २०७६ १०:३५ सोमबार

सामाजिक_सञ्जाल प्रधानमन्त्री_ओली मानवअधिकार_दिवस