राजनीति

राजधानीमा बम आतंकपछि गृह मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं– राजधानीमा बम आतंकपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखको उपस्थितीमा बसेको बैठकमा काठमाडौं उपत्यकामा भएका बम विस्फोटका घटना र नेत्रविक्रम चन्द (विप्लव) समूहको भोलिको बन्दका विषयमा छलफल भएको छ। 

बैठकमा काठमाडौंमा भएका विस्फोटका घटनाबारे जानकारी लिँदै गृहमन्त्री थापाले देशभर सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिए। देशभरका सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई मन्त्री थापाले सुरक्षा प्रबन्ध बलियो बनाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। 

बैठकमा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती थियो। 

विप्लव समूहले आफ्ना कार्यकर्ता हत्याको विरोधमा सोमबार नेपाल बन्दको घोषणा गरेको छ। बन्दको पूर्वसन्ध्यामा विप्लवका कार्यकर्ताले काठमाडौंमा बम आतंक मच्चाएका छन्। 

प्रकाशित: १२ जेष्ठ २०७६ १५:२८ आइतबार

बम_आतंक गृह_मन्त्रालय सुरक्षा_व्यवस्था विप्लव_समूह