राजनीति

मन्त्रिपरिषद बैठकः देशभर अतिक्रमित सरकारी जग्गा खोज्न आयोग गठन

काठमाडौं– सरकारले देशभर अतिक्रमित सरकारी जग्गा खोज्न ४ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलनमार्फत जेठ ६ को मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै ६ महिने कार्यावधिसहित मोहन भट्टराईको अध्यक्षतामा आयोग गठन गरिएको जानकारी दिए। 

उनका अनुसार आयोगमा जगतबहादुर देउजा, दुर्गा दाहाल र जानकी बल्लभ अधिकारी सदस्य रहेका छन्। आयोगले देशभर सार्वजनिक, सरकारी र गुठी जग्गा अतिक्रमणको खोजी गर्ने छ।

पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले मिडिया काउन्सिल सम्बन्धी विधेयक कुनै हालतमा फिर्ता नहुने स्पष्ट पारे। विधेयकका प्रावधानमा छलफल गर्न सकिने भन्दै उनले सरोकारवालाको सुझाव समेट्न सकिने धारणा राखे। सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनको भनाई थियो। 

प्रकाशित: ९ जेष्ठ २०७६ ११:३२ बिहीबार

सरकारी_जग्गा अतिक्रमण आयोग मन्त्रिपरिषद_बैठक