राजनीति

विप्लवका भेरी इन्चार्ज पक्राउ

सुर्खेत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम् भेरी ब्यूरो इन्चार्जसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीले पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–५ भर्लेनीबाट मंगलबार केन्द्रीय सदस्य बलबहादुर वली ‘सितल’ र सुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का ‘यामराज’लाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट पार्टीका विभिन्न दस्तावेजहरु बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ। 

प्रकाशित: ७ जेष्ठ २०७६ १२:३१ मंगलबार

विप्लव_समूह भेरी_इन्चार्ज पक्राउ