राजनीति

संसद बैठक जारी (LIVE)

काठमाडौं- प्रतिनिधि सभाको बैठक जारी छ। बैठकको सुरु नै राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले सरकारले आफ्ना मागहरु पुरा गरेन भने कडा कदम चाल्ने चेतावनी दिएका छन्।

राजपाले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ। उनले संसद बैठक अवरुद्ध पार्ने चेतावनी समेत दिए। संविधान संशोधनको लागि सरकारको स्पष्ट धारणा उनले माग गरे। सवैले अपनत्व लिने गरी संविधान संशोधन आवश्यक रहेको उनले बताए।

विगतमा माओवादीले ४० वुँदे माग दिँदा सरकारले वेवास्ता गर्‍यो तर त्यसले कुन रुप लियो त्यो हेर्न र सानो भनेर नहेप्न समेत उनले चेतावनी दिए।

प्रकाशित: ७ जेष्ठ २०७६ ०७:४७ मंगलबार

संसद_बैठक प्रतिनिधि_सभा राजनीति