राजनीति

खेतबारी बाँझै राख्ने स्थिति रहनुहुँदैन : उपप्रम पोखरेल

ककनी- उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिको खण्डीकरण गर्न नदिई व्यावसायिक कृषिलाई महत्व दिएर किसानलाई सहुलियत दिइने र स्वदेशमा आवश्यक हुने उत्पादन यहीँ उत्पादन गर्ने नीतिमा जानुपर्नेमा जोड दिएका छन्।
पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेलाको तेस्रो दिन आज प्रदर्शनीस्थल नुवाकोटको ककनी गाउँपालिका ४, रानीपौवामा आयोजित सभामा उपप्रधानमन्त्री पोखरेलले कोदो र फापर पनि किनेर ल्याउनुपर्ने र खेतबारी बाँझै राख्ने स्थिति रहन नहुने बताए।

“आफ्ना विचारका आधारमा जनतामा गएर विश्वास जितेर राज्यसत्ता सञ्चालनको जिम्मेवारीमा आउने बाटो सबैलाई खुला छ। विचारका आधारमा कोही दण्डित हुनुपर्ने छैन। त्यसैले अब आर्थिक समृद्धि, पर्यटन विकास र उत्पादनका क्षेत्रमा सबै दल, नागरिक समाज र व्यक्तिहरु लाग्नुपर्छ,” उनले भने।

रक्षामन्त्री पोखरेलले जनता सुखी भएनन् भने क्रान्तिकारी विचार बोक्नाको कुनै अर्थ नरहेको उल्लेख गर्दै भने, “जुनसुकै पार्टीमा लागे पनि देशलाई धनी बनाउने र जनतालाई सुखी बनाउने अभियानमा लाग्नुपर्छ। यसका लागि हामी काँग्रेससँग पनि सहकार्य गर्न चाहन्छौँ। विकासनिर्माणमा हातेमालो गर्न चाहन्छौँ।अहिले देशले खोजेको यही हो।ु
  
 उनले पासाङ्ल्हामू राजमार्गको दुर्दशा अन्त्यका लागि सार्वजनिक खरीद ऐन परिवर्तन गरेर बेथितिको अन्त्य गरिने जनाए। मन्त्री पोरखरेलले भने, “राजनीतिको छाला ओढेर साँढे बनेर हिँडिरहेका केही ठेकेदारहरुले जनतामाथि मनमरी गरिरहेका छन्। यसको संरक्षण हुँदैन। तिनीहरु दण्डित हुँदैछन्।” बोगटी स्मृति प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेका अनुसार प्रदर्शनीमा जिल्लाका १२ वटै स्थानीय तहका कृषि उत्पादन र आधुनिक उपकरण राखिएको छ। रासस    
 

प्रकाशित: ६ जेष्ठ २०७६ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App