राजनीति

सांसदले भने : मालपोत अधिकृतले दर्ता गरेको जमिनबारे छिटो छिनोफानो होस्

काठमाडौं- जुम्ला गुठिचौर गाउँपालिका ४ मा रहेको राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा ब्यक्तिको नाममा दर्ता गरेको विषयबारे सांसदले प्रतिनिधिसभाको बैठकमा प्रश्न उठाएका छन्।

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आजको संसद बैठकमा बोल्दै जग्लालाई तुरुन्त राष्ट्रियकरण गर्न माग गरे। उनले उक्त जमिनलाई आफ्नै नाममा राख्न तत्कालिन मालपोत अधिकृत गोबिन्दप्रसाद न्यौपानेले चलखेल गरिरहेको भन्दै सचेत हुन आग्रह गरे। उनले अख्तियारका कर्मचारीलाई भेट्ने र मुद्दा लम्वाउने नियतमा रहेको बताउँदै त्यसको छिटो छिनोफानो हुनु पर्नेमा जोड दिए।

राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख बर्गमिटर जग्गा न्यौपानेले आफ्ना आफन्तको नाममा दर्ता गरेका थिए। २०६६ सालमा भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा श्रीमती, छोरी र नातागोताको नाममा दर्ता गरेका थिए। तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सरकारी जग्गा बहालवाला मालपोत अधिकृतले हडपेको बिषयमा अनुसन्धान थालेका थिए।

प्रकाशित: ६ जेष्ठ २०७६ ०६:०६ सोमबार

जुम्ला मालपोत_अधिकृत सरकारी_जग्गा माफिया