राजनीति

प्रत्येक प्रदेशमा संग्रहालय स्थापना गर्नुपर्ने

काठमाड – संग्रहालय सञ्चालन र नियमनका लागि कानुन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। आइकम नेपाल राष्ट्रिय समितिले ४१ औं अन्तर्राष्ट्रिय संग्रहालय दिवसका अवसरमा आयोजना गरिएको गोष्ठीमा सहभागीले संग्रहालय सञ्चालन गर्न कानुन निर्माणसँगै प्रत्येक प्रदेशमा संग्रहालय स्थापना गर्नुपर्ने बताए। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङगले संग्रहालयको विकास र व्यवस्थापन गर्न सके पर्यटकको माध्यमबाट सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा साकार हुने धारणा राखे।

कार्यक्रममा प्राकृतिक विज्ञान संग्रहालय स्वयम्भूका पूर्वप्रमुख डा. धर्मराज डंगोलले नेपालमा अनेकौं विविधता रहेकाले विभिन्न किसिमका जातीय संग्रहालय, बाल संग्रहालय र राष्ट्रिय स्तरका संग्रहालय स्थापना गर्नुपर्ने बताए। पाटन संग्रहालयका सूचना अधिकारी सुरेशमान लाखेले हाल नेपालमा साना ठूला गरी करिब चार सय संग्रहालय रहेको जानकारी दिँदै त्यसको व्यवस्थापनका लागि पनि कानुन निर्माणमा जोड दिनुपर्ने धारणा राखे।

गोर्खा संग्रहालयका प्रमुख नवराज अधिकारीले हालसम्म नेपालमा संस्था दर्ता ऐनअनुसार संग्रहालय सञ्चालन हुने गरेकाले यसको लागि जतिसक्दो छिटो छुट्टै कानुन निर्माण गर्नुपर्ने बताए। कार्यक्रमका अर्का वक्ता विजयकुमार शाहीले विद्यालयस्तरमा पनि संग्रहालय बारे जानकारी दिन छुट्टै कक्षा सञ्चालन गर्नुपर्ने बताए। सन् १९७४ब्ःएब्ल्म्एभ्च्४४लदकउस मे १८ का दिन अन्तर्राष्ट्रिय संग्रहालय दिवस मनाइँदै आएको छ।

प्रकाशित: ६ जेष्ठ २०७६ ०१:४२ सोमबार

संग्रहालय प्रदेश कानुन आइकम_नेपाल_राष्ट्रिय_समिति