राजनीति

एसीबस चढेर लुम्बिनी पुगे मुख्यमन्त्री र सांसद

बुटवल, — लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भसंगै बुटवलबाट सुविधासम्पन्न सार्वजनिक बससेवा सुरु भएको छ। वाइफाइ सुविधासहितको १० वटा सुविधासम्पन्न बसको शनिबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुभारम्भ गरे। ५२ सिट क्षमताका ती बस अपांगमैत्री र वातानुकुलित छन।

बस सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले यातायात क्षेत्र पर्यटकमैत्री सेवाका रूपमा विकास गर्न जरुरी रहेको बताए। पोखरेलका अनुसार सुविधासम्पन्न ती बसको सेवाले लुम्बिनीको पर्यटन प्रवद्र्धा पुग्नेछ। एसी बसको शुभारम्भसँगै मुख्यमन्त्री दम्पतीसहित प्रदेशका सांसदहरू सोही बसमा चढेर बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष घोषणा कार्यक्रममा लुम्बिनी पुगेका थिए। बसमा अन्य यात्रुलाई भने चढाइएको थिएन।

सुविधासम्पन्न ती बसमा रिचार्ज र टिकटको सेवा पनि उपलब्ध गराइने भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए। यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले बुटवलमा रहेको भिजन लुम्बिनी लिमिटेडले वातावरण अनुकुलित एसी बसहरू सञ्चालनमा ल्याएको हो।

ती बसहरू बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार, बर्दघाट रूटमा गुड्ने सुरु गरेका छन्। बुद्ध सर्किटमा पनि चल्ने गरी अनुमति लिइसकेको र ‘बुद्ध परिपथ’ निर्माणपछि सो क्षेत्रमा पनि सेवा दिइने उनले बताए।

प्रकाशित: ५ जेष्ठ २०७६ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App