राजनीति

विप्लव माओवादीका केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

मकवानपु – सरकारले धमाधम पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द्र ‘विप्वल’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एकजना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका पूर्वअध्यक्ष दलबहादुर बज्यु ‘डिबी’ले पार्टी परित्याग गरेका हुन्। बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले पार्टीले अवलम्बन गरेको नीतिसँग असहमती जनाउँदै पार्टी परित्याग गरी स्वतन्त्र भएको बताएका छन्।

‘पार्टीको युवा संगठन, मकवानपुरको पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्यको जिम्मेवारी समाल्दै आएकोमा वर्तमान राजनीतिक परिस्थिति र बदलिँदो परिवेशमा पार्टीले अवलम्बन गरेको नीतिसँग असहमति जनाउँदै पार्टीबाट अलग भएको घोषणा गर्दछु,’ विज्ञप्तीमा उल्लेख छ, ‘सामाजिक एवं राजनीतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न कम्युनिस्ट विचारले मात्र सम्भव हुने आफ्नो दृढ मान्यता व्यक्त गर्दै स्वतन्त्र रहेको घोषणा गर्दछु।’

प्रकाशित: २ जेष्ठ २०७६ ०२:५५ बिहीबार

नेत्रविक्रम विप्वल पार्टी_परित्याग माओवादी