राजनीति

दरबारमार्गमा पूर्वराज परिवारको ‘ह्याप्पी मुड’, पारस देखिएनन् (फोटो फिचर)

तस्बिर : सरोज राई

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित ‘ह्याप्पी मुड’मा देखिएका छन्। छोरा पारस र श्रीमती कोमलको उपचार तथा भर्खरै देश दौडाहा सम्पन्न गरेका शाहले परिवारसहित दरबार मार्गस्थित किंग्स लाउन्जमा ३ घण्टा समय बिताएका हुन्। 

पूर्वराजा शाहसँग परिवारका सदस्य तथा आफन्त सहभागी थिए। श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुगेका थिए। तर, पूर्वराज परिवारको जमघटमा पूर्वयुवराज पारस भने देखिएनन्। झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्ज पुगेका ज्ञानेन्द्रले पुरै तीन घण्टा समय बिताएका थिए। 

सुट पाइन्ट लगाएर औपचारिक पोशाकमा पुगेका पूर्व राजा ज्ञानेन्द्र हर्षित मुद्रामा देखिएका थिए। उनलाई लाउन्ज सञ्चालक तथा व्यवस्थापनका साथै सर्वसाधारणले स्वागत गरेका थिए।

साँझ झण्डै साढे ७ बजे सुरक्षाकर्मीको बाक्लो उपस्थितीका बीच दरबारमार्ग पुगेका पूर्व राजा ज्ञानेन्द्रले लाइभ म्युजिकको साथमा स्वादिष्ट भोजनको मज्जा लिएका थिए। 

सो अवसरमा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरुले फ्यानहरुसित फोटोसमेत खिचाएका थिए। पूर्वराज परिवारलाई मनोरञ्जन दिन किंग्स ब्याण्डका राकेश खालिङ, अन्जली राई लगायतले विभिन्न मौलिक नेपाली गीत संगितहरु प्रस्तुत गरेका थिए। 

हेर्नुस् तस्बिरहरू :

ज्ञानेन्द्र_शाह पूर्वराज_परिवार ह्याप्पी_मुड दरबारमार्ग पारस_शाह