राजनीति

ओखलढुंगामा नेकपाको एकता टुंगियो

ओखलढुंगा– जिल्लामा पूर्व नेकपा (एमाले) र पूर्व नेकपा माओवादी (केन्द्र)बीच एकता भएको छ। दुवैतर्फका नेता सम्मिलित एकता कार्यदलको सिफारिसका आधारमा पार्टीले जिल्ला कमिटी सदस्यहरुको नाम अनुमोदन गरेको पार्टी सचिव मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुवै पक्षका प्रभावशाली नेताहरुलाई जिल्ला कमिटी सदस्य बनाइएको छ।

पूर्व एमालेका ६८ र पूर्व माओवादी केन्द्रका ५८ र बाँकी अन्य गरेर १ सय ३७ सदस्यीय जिल्ला समिति बनाइएको छ। नेपाली कांग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेका खिजीदेम्बाका नेताहरुले पनि जिल्ला समिति सदस्यको जिम्मेवारी पाएका छन्। रासस

प्रकाशित: ३१ वैशाख २०७६ ०९:४८ मंगलबार

अाेखलढुंगा नेकपा एकता