राजनीति

प्रहरी प्रवक्तामा डिआईजी पोखरेल

काठमाडौं- प्रहरी प्रधान कार्यालयले केन्द्रीय प्रवक्ताकाे जिम्मेवारी डिआईजी विश्वराज पोखरेललाई दिएको छ। प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमासञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि डिआईजी पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी तोकिएको जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी डिआईजी पोखरेललाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाएको छ।

यसअघि प्रहरी प्रवक्तामा उत्तम सुवेदी थिए। उनको महानगरीय प्रहरी परिसर काठमाडाैंमा सरुवा भएको छ। उनको सरुवा भएपछि हालै बढुवा भएका डिआईजी पोखरेललाई सो जिम्मेवारी दिएको हो।

प्रकाशित: ३० वैशाख २०७६ ११:५६ सोमबार

नेपाल_प्रहरी विश्वराज_पोखरेल प्रवक्ता