राजनीति

नेपालमा लगानी बढाउन चीनसँग आग्रह गरेका छौं : कृषि मन्त्री खनाल

काठमाडाैं - नेपालको कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी बढाउन चीन सरकारसँग आग्रह गरिएको कृषिमन्त्री चक्रपाणि खनालले बताएका छन्।

नेपालका यी क्षेत्र लगानीयोग्य रहेकाे बताउँदै उनले बताए। सोमबार चीनको गन्सु प्रान्तको नेपाल आर्थिक तथा व्यापार प्रवर्धन केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा चीन सरकारले यसअघि संचालनमा ल्याएका कारखाना पुनः सञ्चालनमा ल्याउन आग्रह गरिने उनले बताए।

मन्त्री खनालले चीनको आर्थिक सहायतामा नेपालको कृषि क्षेत्रले उल्लेख्य प्रगति गर्ने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा चीनको गन्सु प्रान्तका गभर्नर ताङ्ग रेन्जियानले नेपालमा स्रोतहरुको पहिचान गरी लगानी गर्न आफूहरुले चाहेको बताए। उनले नेपालसँगको सम्बन्ध विकास गरेर यहाँको व्यवसायमा लगानी गर्न आफ्नो प्रान्त तयार रहेको पनि बताए।

गभर्नर रेन्जियानले नेपालमा व्यवसाय सञ्चालनका लागि आवश्यक सहकार्यमा आफ्नो प्रान्तले जोड दिएको पनि स्पष्ट पारे।

प्रकाशित: ३० वैशाख २०७६ ०९:०५ सोमबार

कृषि_मन्त्री_खनाल सम्बन्ध_विकास आर्थिक_सहायता कृषि_क्षेत्र