राजनीति

रेल ल्याउनुभन्दा सडक पूर्वाधारमा ध्यान दिनू : अर्थविद्

काठमाडाैं - साझा  विवेकशील पार्टीले शनिबार गरेको केरुङ–काठमाडौं रेल बहस कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् शंकर शर्माले रेलमार्ग निर्माणका लागि आवश्यक लगानी तथा निर्माणको मोडल स्पष्ट नभइ त्यस विषयमा हतार नगर्न सुझाव दिए।

रेलमार्ग निर्माणको सम्बन्धमा चीन सरकार पनि स्पष्ट नभएको आफूले पाएको भन्दै उनले पहिलो प्राथमिकता सडक सञ्जाल विस्तारलाई दिन सुझाव दिए। अर्थविद् शर्माले अर्थशास्त्रीय सिद्धान्तले एउटै देशसँगको निर्भरतालाई जोखिमयुक्त मान्ने गरेकाले विकल्प खोज्नु आवश्यक भए पनि केरुङ काठमाडौ रेल मार्ग निर्माणपूर्व थुप्रै विषयमा स्पष्ट हुनु जरुरी रहेको बताए।

विवेकशील साझा पार्टीका प्रवक्ता तथा पूर्वाधारविद् डाक्टर सूर्यराज आचार्यले केरुङ–काठमाडौ रेल सञ्चालनबाट प्रत्यक्ष लाभान्वित नेपाल वा छिमेकी मुलुक भन्नेमा स्पष्ट हुनुपर्ने आवश्यकता औल्याए। रेलमार्गले ल्याउने भूराजनीतिक तरंगलगायत विषयमा वस्तुगत बहस गर्नुपर्नेमा जोड दिए।

विज्ञहरूले तत्कालका लागि चाइनाबाट रेल आउने विषयलाई प्राथमिकता दिनुभन्दा त्यसले पार्ने विविध पक्ष अध्ययन गरी आन्तरिक सडक पूर्वाधारमा जोड दिई योजनाबद्ध ढंगले निर्णय गर्न सुझाव दिँदै आएका छन्।

प्रकाशित: २८ वैशाख २०७६ ११:४९ शनिबार

रेलमार्ग_निर्माण विवेकशील_साझा_पार्टी सूर्यराज_आचार्य साझा_विवेकशील