राजनीति

वर्षे अधिवेशन जेठ १० गते आह्वान

सुर्खेत – कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ। वैशाख २४ गतेको मन्त्रिपरिषद् बैठकले वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई सिफारिस गरेको थियो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेशप्रमुख खनालले जेठ १० गते शुक्रबार दिउँसो तीन बजेका लागि बैठक डाकेका छन्। कर्णाली प्रदेशसभाको यो चौथो अधिवेशन हो।

बजेट अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट र केही विधेयक प्रस्तुत गर्ने कार्यतालिका छ।

प्रकाशित: २७ वैशाख २०७६ १३:४१ शुक्रबार

कर्णाली_प्रदेश वर्षे_अधिवेशन मुख्यमन्त्री_महेन्द्रबहादुर_शाही