राजनीति

समाजवादी पार्टीका पाँच निर्णय, एकता लागि अन्य दलसँग वार्ता समिति गठन

काठमाडाैं - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको एकीकरणपछि बनेको समाजवादी पार्टीको बैठकले पार्टी एकतापछिको  समायोजन कार्यदल बनाएको बनाएको छ।

उक्त कार्यदलमा हेमराज राई, रेणु यादव, गंगा श्रेष्ठ रामसहाय यादव र डम्बर खतिवडा रहेका छन्। त्यस्तै पार्टी बैठकले अन्य दलसँग वार्ताका लागि समित पनि गठन गरेको छ। उक्त समितिमा राजेन्द्र श्रेष्ठ, पर्शुराम खापुङ, नवराज सुवेदी र रामसहाय यादव छन्।

त्यसैगरी पार्टीले जेठ ११ देखि २५ गतेसम्म देशका विभिन्न स्थानमा अभिमुखीकरण कार्यक्रम गर्ने पार्टी सदस्य विश्वदीप पाण्डेले नागरिक न्युजसँग बताएका छन्।

त्यस्तै बैठकले कार्यालय व्यवस्थापन समित पनि गठन गरेको जनाएको छ। उक्त समितिमा भने हिसिला यमी र प्रकाश अधिकारी छन्। यसैगरी सञ्चार सम्पर्क समितिमा प्रशान्त सिंहको नेतृत्वमा विश्वदीप पाण्डे, महेश चौरसिया र पूर्णबहादुर बस्नेत छन्।

प्रकाशित: २६ वैशाख २०७६ १६:२५ बिहीबार

समाजवादी_पार्टी पार्टी_एकता बाबुराम_भट्टराई