राजनीति

पञ्चेबाजा बजाएर दाहालले गरे पुनः विवाह(भिडियाेसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पुनः विवाह गरेका छन्। ०२६ साल वैशाख २६ गते सीतासँग विवाह गरेका दाहालले आज एक कार्यक्रमबीच पुनः सितासँगै पञ्चेबाजा बजाएर विवाह गरेका हुन्। दाहालले विवाह गरेको ५० औं वर्ष पुगेको छ।

उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव विवाह कार्यक्रममा उपस्थित थिए। त्यस्तै नेकपाका स्थायी कमिटीका नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ताहरु उपस्थित थिए।

दाहालको एक मात्र पुत्र प्रकाशको करिब डेढ बर्षअघि निधन भएको थियो। प्रकाशकाे निधनपछि दाहाल पत्नि सीताको स्वास्थ्य आवस्था झनझन बिग्रिँदै गएको थियो। स्वदेश तथा विदेशमा उपचार गरेर स्वास्थ्य अवस्थामा केहि सुधार अाएपनि दाहाललाई सकरात्मक प्रभाव हुने भन्दै सुझाव आएपछि पुनः विवाह गरेको बताइएको छ।

प्रकाशित: २६ वैशाख २०७६ १३:४४ बिहीबार

पुष्पकमल_दाहाल सिता_दाहाल पुनः_विवाह