राजनीति

त्यसो भए ‘मेरो सरकार’ शब्दकोशबाट डिलिट गरे भो : मन्त्री बाँस्कोटा

काठमाडाैं - सञ्चार सूचना तथा प्रविधि मन्त्री तथा नेपाल सरकार प्रवक्ता गोकुल बाँस्कोटाले प्रतिपक्षले सानो विषयलाई ठूलो बनाएको बताएका छन्।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बाँस्कोटाले भने, ‘मेरो सरकारलाई प्रतिपक्षले अतिरञ्जित बनाएको छ, कुन शब्द कहाँ कसरी प्रयोग गर्ने भन्ने परिस्थितिको हुन्छ।’ राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रममा सरकारलाई सम्बोधन गर्दा ‘मेरो सरकार भनेको प्रति उनले स्पष्टीकरण दिए।

भने, ‘शब्दमा किन जानुपरो, त्यो कुरा स्पष्टै छ, तपाईको पनि सरकार हो, मेरो पनि सरकार हो हामी सबैको सरकार हो। त्यसो भए अब त्यो शब्द कसले राखेको हो त्यो त डिलिट गर्नुपरो राख्नै भएन ।’

प्रमुख प्रतिपक्षीका चासोलाई हामीले सधैं सम्बोधन गरेरै गएका छौं। सरकारले जतिसुकै राम्रा काम ल्याए पनि एउटा निहुँ झिकेर बहस गर्नै परो भन्दै उनले यस्तोमा प्रतिपक्षीले राम्रो कुरालाई पनि समर्थन नआउने बताएका छन्। नीति कार्यक्रम एकदमै राम्रो भएको भन्दै उनले बजेट उत्तिकै राम्रो आउने बताए। प्रतिपक्षसँग कुनै नराम्रो सम्बन्ध नभएको बताए।

यस्तै सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसँग लिँदै आएको भिसा शूल्क पनि वृद्धि गरको छ।

सरकारले अध्यागनम नियमावली २०५१ को दफा ४६ अनुसार अनुसूची ९ र १२ संशोधन गर्दै भिसा शूल्क बढाउने निर्णय गरको मन्त्री बाँस्कोटाले जानकारी दिए।

प्रकाशित: २६ वैशाख २०७६ ११:०४ बिहीबार

मेरो_सरकार शब्दकोश