राजनीति

लोकतन्त्रको रक्षाका लागि लड्न अपिल

मकवानपुर – कांग्रेसका नेता अर्जुननरसिंह केसीले कम्युनिस्टको गलत प्रवृत्ति अन्त्य गर्दै कांग्रेसको गर्विलो इतिहास रक्षा गर्ने मूल उदेश्यले राष्ट्रिय जागरण अभियान चलाइएको बताएका छन्। बुधबार पार्टी कार्यालय हेटौंडामा एक महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेपछि उनले लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि डटेर लाग्न कार्यकर्तालाई निर्देशन दिए।

‘जनताको घर–घर पुगेर उनीहरूको कुरा सुन्नुहोस् र हाम्रो कुरा भन्नुहोस्,’ उनले भने, ‘कम्युनिस्टको शासनबाट नेपाली जनता वाक्क भइसके, आगामी चुनावमा कांग्रेस पहिलो पार्टी हुन कसैले रोक्न सक्दैन।’
सरकारका गलत कार्यको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिँदै उनले पार्टीका आगामी योजनाबारे जनतालाई सचेत गराउन आग्रह गरे। ‘एक महिना देश र जनताका लागि मनैदेखि काम गर्नुहोस्, प्रतिफल अबश्य आउनेछ,’ उनले भने।

प्रकाशित: २६ वैशाख २०७६ ०१:५४ बिहीबार

कम्युनिस्ट जागरण_अभियान लोकतन्त्र अर्जुननरसिंह_केसी