राजनीति

प्रधानमन्त्रीले काठमाडौंलाई माक्समाडौं बनाए–खाँड

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी ओलीले काठमाडौंलाई माक्समाडौं बनाएको आरोप लगाएका छन्। बुधबार कांग्रेस जागरण अभियानको उदघाटन कार्यक्रममा बोल्दै खाँडेले यस्तो बताएका हुन्।

‘ओली इतिहास बनाउन खप्पिस हुनुहन्छ, त्यो हिजोको संसदमा पनि देखियो। उहाँले गैह्रसंसदिय अभ्यास गर्नुभयो खाँडले भने।’ अहिले ओलीपथ ज्ञानेन्द्रपथमा रुपान्तरण भयाे।

अहिलेकाे सरकार कलाकार रहेको भन्दै उनले हाँस्य कलाकारले देश चलाएको बताए। एनसेलको कर के भयो? एनसेलको फोरजी काण्ड के हो? निर्मलाको हत्यारा को हो? ती तपाइँका पार्टीका मान्छे हुन? हामीले प्रश्न गर्दा तपाइँ किन गैह्रसंसदीय अध्यास गर्नुहुन्छ? उनले प्रश्न गरे।

जागरण अभियानलाई सम्बोधन गर्दै उनले भने ‘जबजब कांग्रेसले नयाँ–नयाँ निर्णय गर्छ तब–तब जागरण अभियान सुरु गर्छ। कांग्रेसलाई सशक्त बनाउनका लागि यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताए। ‘जागरण अभियानले नेपालमा नयाँ रक्तसञ्चार गर्नेछ। एक महिनामा जनजनलाई जागरण गर्नेर्छौ’ उनले भने। 

प्रकाशित: २५ वैशाख २०७६ ०९:२५ बुधबार

नेपाली_कांग्रेस बालकृष्ण_खाँड प्रधानमन्त्री_केपी_ओली माक्समाडौं