राजनीति

प्रधानमन्त्रीको कम्बोडिया भ्रमणबारे संसदलाई जानकारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कम्बोडिया र भियतनाम भ्रमणबारे संघीय संसदलाई जानकारी गराएका छन्।

संघीय संसदको प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले बैशाख २६ गतेदेखि कम्बोडिया र भियतनामको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराए। उनले जेठ १ गतेसम्म हुने आफ्नो औपचारिक भ्रमणले अन्तराष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुको साथै नेपालको पर्यटन प्रर्वद्धनमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको बताए।

 

प्रकाशित: २४ वैशाख २०७६ ०९:२० मंगलबार

संसद प्रधानमन्त्री भ्रमण