राजनीति

विश्वविद्यालयमाथि हस्तक्षेपको निन्दा

काठमाडौं – पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र कृषि तथा वन विश्वविद्यालयका सहायक डिन प्रा. विष्णु ओझामाथि गरिएको दुर्व्यवहारको प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले निन्दा गरेको छ।

सरकारकै निर्देशनमा प्राज्ञिक व्यक्तित्वमाथि अभद्र व्यवहार गरेर सरकारले अधिनायकवादी चरित्र उदांगो पार्न थालेको ठहर संघले गरेको छ। शृखलाबद्ध रुपमा प्राज्ञिक स्वतन्त्रता, विश्वविद्यालयको स्वतन्त्रता र अस्मितामाथि प्रहार गर्न नछाडिए सशक्त आन्दोलनमा उत्रने चेतावनी संघले दिएको छ।

संघका अध्यक्ष जगत तिमिल्सिनाले भने, ‘विश्वविद्यालय सञ्चालनका विश्वव्यापी मूल्य, मान्यता, ऐन, नियममा कुल्चिएर सरकारले निन्दनीय कार्य गर्दै गएको छ। विश्वविद्यालयको स्वायत्तता, प्राज्ञिक मर्यादा र स्वाभिमानको रक्षा गर्न प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल जस्तोसुकै मूल्य चुकाउन बाध्य हुनेछ।’

प्रकाशित: २४ वैशाख २०७६ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App