राजनीति

ललिता निवासको जमिनमा दोषी ठहरिए कारवाही भोग्छु : विष्णु पौडेल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवासको जग्गा प्रकरणमा आफु दोषी भए कारबाही भोग्न तयार रहेको बताएका छन्। संसदमा बोल्दै पौडेलले व्यक्तिका नाममा दर्ता गरिएका सरकारी जमिन फर्काउन सरकारले गरेको प्रयत्नको स्वागत गरे।

ललिता निवासको जमिन प्रकरणमा आफुले वक्तव्य मार्फत सत्यतथ्य सार्वजनिक गरेको बताउँदै उनले यस विषयमा गम्भिरतापूर्वक छानविन गर्न आग्रह गरे। उनले यस विषयमा छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कडा कारबाही गर्न माग समेत गरे।

बालुवाटार स्थित ललिता निवास परिसरको विवादित जमिनका पौडेलको ८ आना जमिन भेटिएको थियो। नेकपा माहासचिव पौडेलका छोराको नाममा रहेको उक्त जमिन कानुन अनुसार आफुले किनेको बताउँदै आएका छन्।

प्रकाशित: २३ वैशाख २०७६ १०:१२ सोमबार

ललिता निवास प्रकरण