राजनीति

भारतीयहरु नागरिकता लिने लाइनमा छन् भने दिने अधिकारी के हेरेर बसेका छन्?

फाइल तस्बिर

काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले नागरिकताको विषयमा कुनै पनि कुरा उठ्नासाथ भारतीयहरु लाइनमा छन् भनी विभिन्न काेणबाट आकलन हुने गरेको प्रति असन्तुष्टि जनाए।

यदि भारतीयहरु नेपाली नागरिकता लिने लाइनमा छन् भने दिने सरकारी अधिकारी के हेरेर बसेका छन् भनेर सोमबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा नीति तथा कार्यक्रममाथिको चलिरहेकाे छलफलमा भाग लिँदै ठाकुरले सरकारलाई प्रश्न गरे।

‘नागरिकताको विषयमा कुनै पनि सवाल उठ्दाखेरि जहिले पनि भारतीयहरु लाइनमा छन् भनिन्छ। यदि लाइनमा भारतीय हुन्छन् भने, दिने कुर्सिमा को बसेको हुन्छ? ,'ठाकुरले फेरि प्रश्न गर्दै साेधे, 'गृहमन्त्रालय कसले हाकि रहेकेा छ ? त्यहाँ पनि इन्डियनहरु नै हुन्? नागरिकता दिने पनि इन्डियनहरु हुन्? उनीहरुले आफ्नो नागरिकलाई चिनिरहेको छैनन् ?’ नेता ठाकुरले समानताको कुरा गर्ने नेताहरुले नै पहाडी र मधेसीबीच विभेद गरेको आरोपसमेत लगाए । ‘

प्रकाशित: २३ वैशाख २०७६ ०७:०१ सोमबार

राजपा नागरिकता भारतीय प्रतिनिधिसभा