राजनीति

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेकी छन्। बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रचलन रहेको छ।

नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट प्रस्तुत गरिने छ। बजेट भाषणको मिति संविधानमै तोकिएको छ।

नेकपा नेतृत्वको सरकारले दोस्रो पटक नीति तथा कार्यक्रम ल्याएको हो। प्रस्तुत नीति तथा कार्यक्रम संसदमा छलफल हुने छ। छलफल पछि प्रधानमन्त्रीले त्यसको जवाफ दिने छन्।

 

 

प्रकाशित: २० वैशाख २०७६ १०:२० शुक्रबार

संसद नीति_कार्यक्रम सरकार