राजनीति

नेपाल र इक्वेटरल गिनियाबीच कुटनीतिक सम्बन्ध

काठमाडौ – नेपाल र इक्वेटरल गिनियाबीच कुटनीतिक सम्बन्ध कायम भएको छ। बुधबार संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई र इक्वेटरल गिनियाका लागि स्थायी प्रतिनिधि अनाटोलियो एनडोङबाले न्यूयोर्कमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे।

कार्यक्रममा दुवै देशका राजदूतले दुवै देशका विशेष दिन भएको बताउँदै दुई मुलुकबीच निकट सम्बन्ध कायम गर्दै भविष्यमा दुई पक्षीय सहयोग र सम्बन्धका विविध क्षेत्रका बारेमा पनि विचार आदानप्रदान गरेका थिए। दुवै मुलुकले हाल संयुक्त राष्ट्र संघ तथा अन्य पहुपक्षीय मञ्चहरुमा काम गरिरहेका छन्। मध्य अफ्रिकी मुलुक इक्वेटरल गिनियामा १२ लाखभन्दा बढी जनसंख्या रहेको छ।

दुवै मुलुक हाल ग्रुप ७७ र असंलग्न आन्दोलनका सदस्य मुलुक समेत हुन्। इक्वेटरल गिनियासँग कुटनीतिक सम्बन्ध कायम भएसँग नेपालसँग प्रत्यक्ष कुटनीतिक सम्बन्ध गासिएका मुलुकको संख्या १६५ पुगेको छ।

प्रकाशित: १९ वैशाख २०७६ ०३:३१ बिहीबार

नेपाल इक्वेटरल_गिनिया कुटनीतिक_सम्बन्ध