राजनीति

मधेस तराइ फोरम नेकपामा विलय

काठमाडौं - मधेस तराइ फोरम सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विलय भएको छ। विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानमा देखिएका असन्तुष्टि संसदको माध्यमबाट सम्बोधन हुने विश्वास ब्यक्त गर्दै उक्त दल नेकपामा समायोजन भएको हो।

मंगलबार बिहान उक्त दलका अध्यक्ष अमर यादव, रौतहटको इसनाथ नगरपालिकामा मेयर सन्तोष मेहता, नेता ओमप्रकाश साह सहितका नेतालाई नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले खुमलटारमा नव प्रवेशिलाई टिका लगाएर प्रवेश गराए।
जयसवाल रौतहट क्षेत्र नम्बर ३ बाट संघीय सासंदका प्रत्यासी थिए । प्रदेश २ का अध्यक्ष प्रभु साहको पहलमा  पार्टी प्रवेश गराइएको बुझिएको छ। नेकपामा समायोजन भएको उक्त दलले पनि मंगलबार नै एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी नेकपामा समायोजन भएको जनाएको छ।

मधेस_तराइ_फोरम नेकपा सन्तोष_मेहता पुष्प_कमल_दाहाल