राजनीति

‘सीके राउतलाई काखी च्याप्ने र विप्लव तथा रेशम चौधरीलाई विभेद गर्न मिल्दैन्’

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउन सरकारलाई आग्रह गरेका छन्। 

संघीय संसदको चौथो अधिवेशनलाई सोमबार सम्बोधन गर्दै भट्टराईले असन्तुष्ट समूहका माग संविधान संशोधनमार्फत पूरा गर्न सरकारको ध्यानाकर्षण गराए। ‘रेशम चौधरी, सीके राउत र विप्लवलाई राज्यले हेर्ने मापदण्ड फरक फरक भयो। राज्यले यसरी विभेद गर्न मिल्दैन’, उनले भने। 

पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयमा हस्तक्षेप गरेर सीके राउतलाई रातारात मूलधारको राजनीतिमा ल्याएको बताए। ‘सेटिङ मिलाएर, कार्यकारीले अनावश्यक हस्तक्षेप दिएर न्यायपालिकालाई प्रभावित पारियो’, उनले भने। 

दिगो शान्ति कायम गर्न नसके समृद्धि नआउने भन्दै उनले बाहिर रहेका श िक्तलाई सरकारले ध्यान दिनुपर्छ। 

भट्टराईले सत्यनिरुपणका विषय पनि बर्खे अधिवेशनभित्रै टुंग्याउनुपर्ने धारणा राखे। ‘अब पनि टुंग्याएनौं भने हामी कसैलाई बाँकी राख्दैन। त्यसको जगबाट अर्काे संघर्ष आउने खतरा छ। त्यसैले आउने सेसनमा हल गरेर जानुपर्छ’, उनले भने।  

प्रकाशित: १६ वैशाख २०७६ १३:०८ सोमबार

संघीय_संसद बाबुराम_भट्टराई विप्लव_समूह सरकार