राजनीति

राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट

बेइजिङ–राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गरेका छन्।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकामा धन्यवाद दिँदै दुई मुलुक असल छिमेकी भएको र नेपालको विकासमा चीनले महत्वपूर्ण योगदान पु-याएको बताइन्। उनले नेपालको परिस्थिति अनुकूल भएको, आर्थिक विकास गर्नैपर्ने आवश्यकता बढेको र लगानीका लागि उचित वातावरण भएकाले लगानी गर्न आग्रह गरिन्।

चिनियाँ पक्षबाट मञ्चमा व्यापार, दुई मुलुकबीच सहयोग र लगानीका विषयमा छलफल हुने जानकारी दिइयो। भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, नेपाल सरकारका उच्चअधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए। रासस

प्रकाशित: १५ वैशाख २०७६ ०४:५३ आइतबार

विद्यादेवी_भण्डारी राष्ट्रपति वाङ_फुकिङ चीन–नेपाल_आर्थिक_तथा_व्यापार_मञ्च