राजनीति

‘खुलामञ्चका सटर हटाउन प्रधानमन्त्रीको भूमिका स्वागतयोग्य’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै धन्यवाद दिएका छन्। 

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको विशेष साक्षात्कारमा नेता प्रधानले खुलामञ्चको सटर हटाउनको लागि प्रधानमन्त्री ओलीका साथै सञ्चारमाध्यमको पनि भूमिका रहेको बताए।

बैशाखभित्रमा टुँडिखेलको अतिक्रमित जग्गा खाली नभएको भए आफूहरुले जेठ १५ गतेदेखि सशक्त आन्दोलन गर्ने योजना बुनिसकेको बताउँदै प्रधानले प्रधानमन्त्री ओलीले तत्कालै निर्देशन दिएर खुल्लामञ्चका सटर भत्काउन लगाएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘सार्वजनिक सम्पत्ति जोगाउन सबै लाग्नुपर्छ। भूमाफीयाहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।’ कुनै दल विशेषको नभई जनताको प्रतिनिधि भएर यस्तो गलत कार्यको विरोध गर्नुपर्ने उनको भनाई थियो। ‘भ्यु–टावर’बाट सुरु भएको माफियाकरण खुल्लामञ्चसम्म पुगेको नेता प्रधानको आरोप छ। 

फरक प्रसँगमा उनले नेपालको ईतिहाँसमै अहिलेसम्मको बलियो सरकार भएपनि वर्तमान सरकारले काम गर्ने अवसर गुमाएको आरोप लगाए। उनले भने, ‘यो सरकार अहिले काण्डै काण्डमा मुछिएको छ।’  

प्रकाशित: १४ वैशाख २०७६ १२:३० शनिबार

नेपाली_कांग्रेस भीमसेनदास_प्रधान खुलामञ्च सटर प्रधानमन्त्री