राजनीति

विप्लव माओवादीका सेती व्यूरो सदस्य शाह पक्राउ

धनगढी- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेति व्यूरो सदस्य डवल शाह पक्राउ गरेका छन्। पूर्व सभासद समेत रहेका शाहलाई प्रहरीले शुक्रबार धनगढीबाटै पक्राउ गरेको हो। प्रहरीले उनलाई बिहान धनगढी उपमहानगरपालिका ५ हसनपुर स्थित डेराबाट पक्राउ गरेको हो।

उनलाई राजद्रोहको मुद्दा दायर गरिएको छ। कैलालीका एसपी आभुषण तिम्सिनाका अनुसार जिल्ला अदालत कैलालीबाट सात दिनको  दिनको म्याद थप गरेर उनलाई थुनामा पठाइएको छ। शाह चन्द समूहका सेती व्यूरो कार्यालय सचिव समेत हुन्।

प्रकाशित: १३ वैशाख २०७६ १०:३४ शुक्रबार

विप्लव नेकपा पक्राउ