राजनीति

पूर्व माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो समयको अन्तरालपछि जिल्ला स्तरीय पार्टी नेतृत्वको टुंगो लगाएको छ। पार्टी एकता भएको ११ महिनापछि नेकपाले बल्ल तल्लो कमिटीकाे एकता प्रक्रिया टुंग्याउने भएको हाे।

हिजो (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाको ७७ वटै जिल्लाको अध्यक्ष र सहअध्यक्षको टुंगो लगाएको थियो। सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सहभागी थिए।

पूर्वएमालेभित्र अध्यक्षलाई घटुवा गरेर सचिव बनाउन नहुने भन्दै चर्को विरोध आएपछि सहअध्यक्ष बनाउने तयारी गरेको सचिवालयका एक नेताले नागरिकलाई बताए।

प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व पूर्व माओवादीको भागमा परेको छ।  त्यसैगरी गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ।

७७ जिल्ला मध्ये पूर्व एमालेतर्फबाट ४४ र  पूर्व माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । जस अनुसार माओवादीतर्फबाट नेतृत्व गर्ने गरी टुंग्याएको जिल्लाको सूचि नागरिक न्युजलाई प्राप्त भएको छ।

प्रदेश १
खोटाङ  : देवान चाम्लिङ
ओखलढुंगा : मोहन कुमार खड्का
ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी
सुनसरी : रामकुमारी चौधरी
उदयपुर : विनोद कटुवाल दिनेश

प्रदेश २ 
धनुषा : जोखकुमार बर्बरीया
सिराहा : रामकुमार यादव
बारा : गोपाल ठाकुर
सर्लाही : डाचाराज वाग्ले

प्रदेश ३ :
काभ्रे : रुकु चौलागाई
रामेछाप : मैनकुमार मोक्तान (मदन)
चितवन : यमवहादुर परियार
सिन्धुली : राजन दाहाल
नुवाकोट : हिरानाथ खतिवडा

गण्डकी प्रदेश
म्याग्दी : गोविन्द पौडेल
स्याङजा : पारस गैरे
गोरखा : जगन्नाथ खनाल
लमजुङ : मधुमाया अधिकारी

प्रदेश ५
रोल्पा : सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ
नवलपरासी : राजुप्रसाद हरिजन
बांके : आइपी खरेल 
बर्दिया : भवनकुमार थारु

कर्णाली प्रदेश
जुम्ला : सुरेश पहाडी
हुम्ला : विजय भण्डारी
कालिकोट : दुर्गबहादुर रावत
मुगु  : सुखवीर बुढा
रुकुम पश्चिम : गोपाल शर्मा (अनल)
जाजरकोट : ढकविर राना

सुदुरपश्चिम प्रदेश
कञ्चनपुर : वीरबहादुर थापा
वझाङ : कलकबहादुर खड्का
दार्चुला : गणेश खत्री
डडेलधुरा : मानसिंह माल
 

प्रकाशित: ९ वैशाख २०७६ ०७:२६ सोमबार

नेकपा_एकता पूर्व_माओवादी अध्यक्ष