राजनीति

श्रीलंका विस्फोटप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेका छन्। श्रीलंकामा आइतबार विहान राजधानी कोलम्बोसहित तीन जिल्लाका चर्च र होटलमा श्रृखंलाबद्ध बम आक्रमण हुँदा १३८ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी घाइते छन्।

घटनापछि सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी रनिल विक्रमासिंघेमार्फत शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्। 

प्रकाशित: ८ वैशाख २०७६ ०९:१८ आइतबार

श्रीलंका बम_आक्रमण प्रधानमन्त्री_ओली