राजनीति

सरकारको भण्डाफोर गर्न थलहमा कांग्रेसको आमसभा, गगन थापाले सम्बोधन गर्ने

जाजरकोट– नेपाली काँग्रेसको गाउँ जागरण कार्यक्रम अन्तर्गत वैशाख ११ गते जाजरकोटको थलह बजारमा आयोजना हुने आमसभालाई कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले सम्बोधन गर्ने भएका छन्। कांग्रेसले वैशाख ११ देखि देशभर सुरु गर्न लागेको जागरण अभियान अन्तर्गत जाजरकोट काँग्रेसले छेडागाड नगरपालिकाको थलह बजारमा आयोजना गरेको क्षेत्रीय आमसभालाई पार्टी केन्द्रीय समितिको तर्फबाट सम्बोधन गर्न नेता थापा आउन लागेका हुन्। 

जिल्लाको पश्चिमी क्षेत्र अर्थात प्रदेश ख क्षेत्रमा कांग्रेस संगठन सुदृढीकरण र   निर्माणको कामलाई तिव्रता दिन क्षेत्रीय आमसभा गर्न लागिएको कांग्रेसले जनाएको छ। आमसभामा नेता थापाले पार्टीको जागरण अभियान, वर्तमान सरकारका गलत कार्यहरुको भण्डाफोर तथा वर्तमान अवस्थामा काँग्रेसको भूमिकाको बारेमा  जाजरकोटी जनतालाई जानकारी गराउने पार्टी सभापति दिपकजंग शाहले बताए। 

‘दुई तिहाइको नेकपा नेतृत्वको सरकाले देश र जनताका बीच देखाएको झुटको राजनीति र कांग्रेसको भूमिकाका बारेमा जाजरकोटी जनतालाई थापाले जानकारी गराउनु हुनेछ’, सभापति शाहले  भने। 

प्रकाशित: ७ वैशाख २०७६ १०:३८ शनिबार

नेपाली_काँग्रेस थलह_बजार आमसभा गगनकुमार_थापा