राजनीति

विप्लवको बन्द : सडक मार्गबाट कार्यक्रममा पुगेका मन्त्री हेलिकप्टर चढेर फर्के

रोल्पा - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण सरकारका शक्तिशाली मन्त्री पनि सकसमा परेका छन्।

जलजला क्षेत्रलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्न सडक मार्गबाट बुधबार थबाङ पुगेका उर्जामन्त्री वर्षमान पुन नेपाल बन्दका कारण बिहीबार बिहान हेलिकप्टर मार्फत सदरमुकाम आएका छन्।

प्रमुख जिल्ला अधिकारी, रोल्पा प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र अन्सन्धान प्रमुख समेत पुगेको थबाङमा बन्दको अघिल्लो रात चन्द समूहका कार्यकर्ताले नाराबाजी र राँके जुलुस निकालेका थिए। बन्दले रोल्पा जिल्लाको समग्र जनजीबन प्रभाबित बनेको छ । बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने सदरमुकाम लगायतका सबै बजार पुर्ण रुपले बन्द छन । शैक्षिक सस्था समेत बन्द हुदा भर्ना अभियानलाई समेत असर गरेको छ।  

बन्दमा जिल्लामा कुनै घटनाहरु नहोस भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। आफ्नो पार्टीमाथी लगाएको प्रतिबन्धको विरोध र पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेकपाले बन्दको आह्वान गरेको हो।

प्रकाशित: ५ वैशाख २०७६ ०७:२४ बिहीबार

नेत्र_विक्रम_चन्द विप्लव वर्षमान_पुन