राजनीति

प्रमुख निर्वाचन आयुक्तमा थपलिया अनुमोदित

काठमाडौं– संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियालाई अनुमोदन गरेको छ। समितिको बुधवारको बैठकले थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सर्वसम्मत अनुमोदन गरेको हो। 

संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका सचिव रहेका थपलियालाई संवैधानिक परिषदले चैत ११ गते प्रमुख आयुक्तमा सिफारिस गरेको थियो।

यस्तै, संसदीय समितिको बैठकले समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई अनुमोदन गरेको छ।

तीन महिनाभित्र उपचुनाव गराउने प्रतिबद्धता

यसअघि संसदीय समितिमा बोल्दै थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिबद्धता जनाएका थिए। स्थानीय तहसम्म निर्वाचन आयोगलाई पु-याउने कार्ययोजना प्रस्तुत गर्दै थपलियाले निर्वाचन कम खर्चिलो बनाउने, सूचना प्रविधिमैत्री बनाउने, विद्युतीय मतदानको व्यवस्था मिलाउने प्रतिबद्धता पनि जनाए।

प्रकाशित: ४ वैशाख २०७६ ११:४८ बुधबार

प्रमुख_निर्वाचन_आयुक्त दिनेश_थपलिया संसदीय_सुनुवाइ_विशेष_समिति निर्वाचन_आयोग