राजनीति

तीन सचिव सरुवा

काठमाडौं – सरकारले विभिन्न मन्त्रालय एवं निकायमा कार्यरत तीन जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले सोमबार तीन सचिवको सरुवा तथा पदस्थापन गरेको हो। बैठकले हालै सहसचिवबाट सचिवमा बढुवा भएका डा। हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरेको छ। पौडेल गत साता सचिवमा बढुवा भएका थिए।

त्यसैगरी, स्थास्थ्य तथा जनसंख्या मन्त्रालका सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव महिनादिनदेखि सचिवविहीन थियो। सोमबारको सरुवासँगै घिमिरेको तीन महिनाको अवधीमा दोस्रोपटक सरुवा भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव घिमिरेलाई दुई महिनाअघि मात्रै सरकारले स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो।

स्वास्थ्यमा सरुवा भएको दुई महिनामै उनलाई पुनः महिला मन्त्रालयमा सरुवा गरेको हो। त्यसैगरी, बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ। संघीय मामिलाका सचिव दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएर राजीनामा दिएसँगै रिक्त सचिव पदमा कोइरालालाई सिफारिस गरिएको हो।

प्रकाशित: ४ वैशाख २०७६ ०२:१७ बुधबार

सचिव सरुवा