राजनीति

राजनीतिलाई शुद्ध बनाउन पैसाको चलखेल अन्त्य गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा शुद्धता भएपछि मात्र मुलुक सार्थक विकासको बाटोमा अगाडि बढ्ने बताएका छन्। 

रारा साहित्य प्रतिष्ठानको आयोजनामा संयुक्त रचना वाचन कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपालमा भएको प्राकृतिक सम्पन्नता र सुन्दरताको उपयोगका लागि राजनीतिमा शुद्धता आवश्यक रहेको बताएका हुन्। उनले राजनीतिलाई शुद्ध बनाउनका लागि सत्ता लिप्सा र पैसाको राजनीतिको अन्त्य हुनुपर्ने बताए।

 ‘राजनीतिलाई शुद्ध बनाउनका लागि सत्ता लिप्सा र पैसाको राजनीति अन्त्य हुन जरुरी छ। यही राजनीतिलाई शुद्ध बनाउने अभियान मैले सुरु गरेको छु’, उनले भने।

पौडेलले कर्णालीको प्रकृतिसँग प्रविधि जोड्न सकेमात्र नेपालले विकासको फड्को मार्ने स्पष्ट परे। ‘कर्णालीको प्रकृतिसँग प्रविधि पनि जोडन जरुरी छ। कर्णालीको प्रकृतिसँग प्रविधि जोड्न सके मात्र नेपालले विकासको फड्को मार्नेछ’, उनले भने।

 

प्रकाशित: १ वैशाख २०७६ १०:२५ आइतबार

कांग्रेस रामचन्द्र_पौडेल