राजनीति

प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नागरिक न्युजसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले २०७५ सालभित्र सरकारले हासिल गरेका उपलब्धि तथा ०७६ सालमा सरकारका नीति तथा योजनालगायत विषयमाथि सम्बोधन गर्ने जानकारी दिए।

प्रधानमन्त्रीले आइतबार बिहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिजनमार्फत सम्बोधन गर्ने अर्यालले बताए।

प्रकाशित: ३० चैत्र २०७५ ११:४२ शनिबार

प्रधानमन्त्री केपी_शर्मा_ओली सम्बोधन