राजनीति

पाँच कार्यविधि अनुमोदन

जुम्ला - तातोपानी गाउँसभाले एकीकृत सम्पत्ति कर व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५, (घ) वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरणसम्बन्धी कार्यविधि २०७५, पञ्चेबाजा संरक्षण संवर्द्धन कार्यविधि २०७५,  बीना ब्याज ऋण व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५ र अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ लाई अनुमोदन गरेको छ।

शुक्रबार सम्पन्न तेस्रो गाउँसभाले यी पाँच वटै कार्यविधिलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले बताए।
 
गाउँपालिका अध्यक्ष नवराज न्यौपानले कृषि, पर्यटन, शिक्षा तथा रोजगारी सिर्जनामा गाउँपालिकाले विशेष जोड दिएको उल्लेख गर्दै समृद्ध गाउँपालिकाका निर्माणका लागि सम्बन्धीत सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।

अबका वर्षलार्ई विकास वर्षका रुपमा मनाइने उल्लेख गर्दै गाउँपालिकाका उपाध्यक्ष गङ्गादेवी उपाध्याले दीर्घकालीन विकासका लागि जनताको मागमा आधारित योजना र बजेट बनाउने सवालमा सबै गम्भीर हुनुपर्ने बताए। (रासस)

प्रकाशित: ३० चैत्र २०७५ ०३:१० शनिबार

तातोपानी_गाउँसभा एकीकृत_सम्पत्ति_कर