राजनीति

ट्राईब्रेकरमा फ्रेण्डस भाग्यमानी

सर्लाही– फ्रेण्डस क्लब काठमाडौं तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ। बागमती युवा क्लबद्वारा सर्लाहीमा आयोजित प्रतियोगितामा वीरगन्ज युनाइटेडलाई ट्राइब्रेकरमा पराजित गर्दै फ्रेण्डसले क्वाटरफाइनलको यात्रा तय गरेको हो।

निर्धारित समयमा उत्कृष्ट प्रदर्शन गरे पनि ट्राईब्रेकरमा खेलाडी चुक्दा वीरगंज अभागी सावित हुँदै घर फर्कन बाध्य भयो। निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि नतिजाका लागि खेल ट्राईबेकरमा गएको थियो।

ट्राईबेकरमा वीरगंजका कप्तान जर्सी लक्ष्मण चौधरी र रञ्जय चौधरीले गोलपोष्ट बाहिर प्रहार गरे। त्यस्तै, अच्छालाल कुँवरको बल बचाउ गर्दै फ्रेण्डसका गोलकिपर असिम भुसाल वीरगंजका लागि बाधक बने। शनिबार झापा–११ र रुपन्देही–११ बीच खेल हुने आयोजक समितिका दीपक लामाले जानकारी दिए।

 

प्रकाशित: २९ चैत्र २०७५ १४:१९ शुक्रबार

फ्रेण्डस_क्लब राजर्षि_जनक_कप