राजनीति

संसदीय समितिलाई दबाब

काठमाडौं – तारागाउँ विकास समिति र तारागाँउ ह्यात रिजेन्सी होटल लिमिटेडको जग्गा सम्झौता छानबिन गर्ने क्रममा संसदीय समितिले दबाब महसुस गरेको छ। आफू नेतृत्वको उपसमितिले छानबिन गर्ने क्रममा दबाब महसुस गरेको संयोजक अग्नीप्रसाद सापकोटाले बताए। ‘पूर्वमन्त्रीसमेत रहेका जितु गौतमजी ह्यात होटेलको परामर्शदाता हुनुहँुदो रहेछ, उहाँले दुईजना सञ्चालकसँग एकल वार्ता गर्न पटकपटक आग्रह र एसएमएस गर्नुभयो,’ सापकोटाले अनुभव सुनाए, ‘तर मैले उहाँहरूसँग एक्लै वार्ता गर्दिन, गर्ने भए उपसमितिका सबै सदस्यसँग सामूहिक वार्ता गरांै, त्यसका लागि तपार्इं सिंहदरबारस्थित समितिको बैठकमा आउनुभयो भने हुन्छ, नत्र हुँदैन भनेर जवाफ दिएपछि मात्र फोन र एसएमएस आउन छाड्यो।’

ह्यातका परामर्शदाता गौतमले सञ्चालक राधेश्याम सरार्फ र रामलाल श्रेष्ठले पटकपटक भेट्न खोजेको र वार्तामार्फत समस्या समाधान गर्न दबाब र आग्रह गरे पनि अस्वीकार गरेकाले प्रतिवेदन तयार पार्न सकिएको सापकोटाको भनाइ छ। ‘ह्यात र तारागाउँ विकास समितिका दुवै पक्षलाई संयुक्तरूपमा राखेर छलफल गरिसकेकाले फेरि भेट्न आवाश्यक थिएन,’ सापकोटाले भने, ‘कतिसम्म दबाब, चलखेल र आग्रह आउँदो रहेछ भन्ने मज्जैसँग अनुभूत गरियो।’

संयोजक सापकोटालाई मात्रै होइन, शक्ति केन्द्रहरूले सांसदहरूलाई प्रभावित बनाउन अलगअलग भेट गरेकोसमेत खुलेको छ। ‘समितिले ह्यातमा छानबिन गरेपछि उनीहरूका विभिन्न मानिस फाइल बोकेर समितिका सदस्य सांसदसमक्ष आएका थिएँ, यस समितिका सबैजसो सांसद कहाँ पुगेको हुनुपर्छ,’ किराँतीले भने, ‘निर्णय प्रक्रियालाई प्रभावित बनाउन उनीहरुले हामीलाई ‘कन्भिन्स’ गराउने प्रयास निकै गरे तर सकेनन।’ किराँतीले बैठकमा नाम उल्लेख नगरे पनि केही बरिष्ठ अधिवक्ता र पत्रकारहरु पनि समितिमा रहेका सांसदहरुलाई भेटेर ‘कन्भिन्स’ गराउन कोशिशमा घरघर र ‘गोप्य स्थान’ पुगेको बताए।

उपसमिति संयोजक, समितिका सांसदहरुलाई पनि मनाउन नसकेको उक्त शक्ति केन्द्रले समिति सभापति पवित्रा निरौला खरेललाई तत्काल निर्णय नलिनका लागि आग्रह गरेकोसमेत खुलेको छ। गत मंसिर १९ गते सापकोटाको नेतृत्वमा गठित समितिले झन्डै ४ महिना लगाएर स्थलगत अध्धयन, सरोकारवालासँग छलफल, विभिन्न दस्तावेज अध्ययन गरेको थियो।

प्रकाशित: २६ चैत्र २०७५ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App