राजनीति

विप्लवका दुई कार्यकर्ता धरौटीमा रिहा

डोल्पा - डोल्पा त्रिपुरासुन्दरी नगरपालिका कोट बजार क्षेत्रबाट पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वका नेकपाका दुई कार्यकर्ता धरौटीमा रिहा भएका छन्।

चन्दा असुली तथा पर्चा पम्प्लेट टाँस गरिरहेको अवस्थामा त्रिपुराकोट प्रहरीले कोट बजार क्षेत्रबाट पक्राउ फागुन २२ गते गरेको थियो। पक्राउ परेका त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीगाउँका २८ वर्षीय पन्थे न्यावर र २३ वर्षीय मदन उखेडा धरौटीमा रिहा भएका हुन्।

राज्यसत्ताविरुद्ध पर्चा टाँसिरहेका र चन्दासमेत असुली अभियोगमा प्रहरीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको थियो। तर उनीहरुले आफूहरु विप्लव कार्यकर्ता नभएको बताएका थिए।

पक्राउ गरी प्रहरी हिरासतमा राखिएका दुवैलाई प्रतिव्यक्ति २० हजार रुपैयाँ धरौटी राखेर तारिखमा छाडिएको प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए।

 

प्रकाशित: २५ चैत्र २०७५ १०:४० सोमबार

विप्लव_कार्यकर्ता धराैटी डाेल्पा