राजनीति

गरिबी निवारण कोषको पुनर्संरचना गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोष सञ्चालनको कार्यशैली परिवर्तन गर्न निर्देशन दिएका छन्।

कोषका सञ्चालक समिति अध्यक्षसमेत रहेका ओलीले संघीय संरचना र स्थानीय तहको क्षेत्राधिकारलाई समेत मध्यनजर गर्दै पुनःसंरचना गर्न आग्रह गरे। उनले कोषलाई गरिब र विपन्न वर्गको क्षमता विकासमा केन्द्रित हुन र उद्यमशीलता प्रवर्द्धन गर्दै गरिबी निवारणमा ठोस उपलब्धि हासिल हुनेगरी कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिए। 

प्रधानमन्त्रीले कोषका कार्यक्रमहरु थप पारदर्शी र जवाफदेही ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए। 

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले गरिवी निवारण गर्ने जिम्मेवारी तीनवटै तहको भए पनि सामूदायिक संस्थाहरुको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहकै हुनुपर्ने विचार व्यक्त गरे।

प्रकाशित: २४ चैत्र २०७५ १६:४५ आइतबार

गरिबी_निवारण_कोष प्रधानमन्त्री_ओली पुनर्संरचना