राजनीति

‘वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप ’

पोखरा– गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताएका छन्।

गृहमन्त्री रामबहादुर थापाले आज पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको बताए। उनीहरूकाे नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेकोमा थापाकाे जाेड थियाे। संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्कालिन समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको उनले स्पष्ट पारे। मन्त्री थापाले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएका कारण यसमा शंका गर्नुपर्ने अवस्था नरहेको दाबी गरेकाछन्। रासस

प्रकाशित: २४ चैत्र २०७५ ०७:३१ आइतबार

गृहमन्त्री रामबहादुर_थापा