राजनीति

बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी

काठमाडौं– कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील, पेशागत तथा समावेशी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन्। उनले ३ हजार ११४ मत प्राप्त गरेका छन्। श्रेष्ठले बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेललाई पराजित गरे। 

बारकाे महासचिवमा भने लाेकतान्त्रिक समूहका उम्मेदवार लिलामणी पाैडेल विजयी भए। यद्यपी अधिकांश पदमा प्रगतिशील समूहकै उम्मेदवार विजयी भएका छन्।

बारको २५औं केन्द्रीय कार्यसमितिका लागि गत शनिबार निर्वाचन भएको थियो। 

प्रकाशित: २१ चैत्र २०७५ ११:५२ बिहीबार

नेपाल_बार_एशोसिएशन चण्डेश्वर_श्रेष्ठ प्रगतिशील_समूह